पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि २७ किलोमीटर पश्चिम, रैनादेवी छहरा गाउँपालिकाको केन्द्र छहरामा भैरव नवदीप माध्यमिक विद्यालय रहेको छ । समुन्द्री सतह देखि १४२८ मीटर उचाई, २७.८७५७३ डिग्री उत्तरी अक्षांश र ८३.३७१६४ डिग्री पुर्बी देशान्तरमा रहेको यस विद्यालय रमणीय पहाडी भूभाग बीचमा रहेको छ । बोली भाषा, रहन सहन, लवाई खवाई धर्म संस्कारमा विविधता रहेको यस क्षेत्रका अधिकांश मानिसहरुको पेसा कृषि रहेको छ । शैक्षिक क्षेत्रमा धेरै अगाडि देखि सजग रहेको यस क्षेत्रका मानिसहरु उच्च शिक्षामा समेत चासो राख्दछन् ।
विद्यालयको स्थापना २०१६ सालमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नामबाट भएको थियो । २०२८ सालमा निम्न माध्यमिक हुँदा नाम परिवर्तन भयो र भैरव नवदीप निम्न माध्यमिक विद्यालय नामाकरण भयो । त्यसरीनै २०३८ सालमा मा.वि. र २०५४ सालमा उच्च् मा.वि स्वीकृति भयो । अहिले यस विद्यालयमा साधारण तर्फ कक्षा शिशु देखि कक्षा १२ सम्म संचालनमा छ । अभिभावककहरुको माग अनुसार कक्षा शिशु देखि कक्षा १० सम्म अंग्रेजी र नेपाली माध्ययममा कक्षा संचालन भइरहेको छ । माध्यमिक तह कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र शिक्षाका विषयहरु संचालनमा छन् ।
२०६९ जेष्ठ १५ गते देखि कृषि प्राविधिक शिक्षा १५ महिने JTA को स्वीकृति लिई सोहि वर्ष श्रावण महिनादेखि प्राविधिक शिक्षाका कक्षा सुरु भएको थियो । २०७२ सालदेखि कृषि डिप्लोमा (I Sc Ag) को कक्षा संचालन भैरहेको छ । २०७४ देखि १८ महिने भेटनरी समेत थप भइ हाल यस विद्यालयमा प्राविधिक शिक्षा तर्फ Diploma in plant science (I.Sc. Ag) र TSLC का VJTA र PJTA का कक्षा संचालनमा रहेका छन् I
वर्तमान समयमा नमुना विद्यालय विकास एवं संचालन निर्देशिका अनुसारका पूर्वाधार निर्माण गर्दै यस विद्यालय नमुना विद्यालयको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
जय भैरव नवदीप ।