श्री भैरव नवदीप मा.वि. को स्थापना वि.स.२०१६ साल
फाल्गुण १० गते रैनादेवी छहरा गाउँपालिकामा अवस्थित तत्कालीन दशैंघर पाठशालामा
शान्ति प्राथमिक विद्यालयको नाम बाट भएकोहो। वि.स. २०२८ साल फाल्गुण १५ गतेका दिन
श्री भैरव नवदीप नि.मा.वि.को नाम बाट संचालन भइ वि.स.२०३६ सालमा मा.वि.को स्थायी
स्वीकृति प्राप्त र वि.स. २०५४ सालमा उच्च मा.वि को सम्बन्धन प्राप्त गरेको हो।
शैक्षिक सत्र २०७८ देखि कक्षा ११ मा विज्ञान विषय अध्यापन शुरु भएको छ । २०६९
जेष्ठ १५ गते देखि कृषि प्राविधिक शिक्षा १५ महिने JTA को स्वीकृति लिई सोही वर्ष
श्रावण महिना देखि प्राविधिक शिक्षाका कक्षा संचालनमा छन्। २०७२ साल देखि कृषि
डिप्लोमा (I.Sc.Ag.) को कक्षा संचालन भइरहेको छ। २०७४ देखि १८ महिने भेटनरी समेत
थप भइ हाल यस विद्यालयमा प्राविधिक शिक्षा तर्फ Diploma in plant
science (I.Sc. Ag) र TSLC का VJTA र PJTA का कक्षा
संचालनमा रहेका छन्। दशैं घर पाठशाला बाट शुरु भएको यो विद्यालय केही समय छहराको
बोखरमा संचालन हुँदै हाल रैनादेवी छहरा गाउँपालिका वडा नं ४ छहराको जाबुन पधेरामा
संचालनमा रहेको छ।
यस
क्षेत्रका बस्तीमा शिक्षाको उज्यालो प्रकाश छर्ने हेतुले बुद्धिराज पौडेलले आफ्नो
आगनबाट शुरु गरेको शैक्षिक अभियान दशैंघर पाठशाला हुँदै हालको अवस्थामा पुगेको
पाइन्छ । दशैंघर पाठशालामा स्थानीय बुद्धिराज पौडेलले संस्थापक शिक्षक तथा
प्र.अ.को हैसियतमा पठन पाठन गरीरहनु भएको थियो। दशैंघर पाठशालाले शान्ति प्राथमिक
विद्यालयको नामले २०१६ साल फाल्गुण १० गते सरकारी स्वीकृति प्राप्त गर्यो। स्वीकृति
प्राप्ति पश्चात पहिलो प्र.अ. प्रेम कुमार कुँवर र संचालन अध्यक्षमा सु.
ताराबहादुर रायमाझी रहनु भएको थियो । विद्यालयले नि.मा.वि., मा.वि, उ.मा.वि., प्राविधिक
शिक्षा र नमुना विद्यालयमा सुचिकृत गर्दै कक्षा ११ मा विज्ञान विषय संचालन गर्दा
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जितबहादुर रायमाझी, ताराबहादुर रायमाझी,
ऋषिराम उपाध्याय, कर्णबहादुर रायमाझी, मिनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, टिकाराम
पोखरेल, कर्णबहादुर के.सी., गोविन्दबहादुर रायमाझी, विष्णुप्रसाद पोखरेल,
श्रीकृष्ण आत्रेय, नलबहादुर रानामगर र मानबहादुर थामी हुनुहुन्छ भने
प्रधानाध्यापकमा कुलबहादुर कुँवर, प्रदीपकुमार रायमाझी, टेकबिरजंग रायमाझी, भोजराज
पण्डित, माधव आचार्य, लिलामणि ज्ञवाली, रोमनाथ नेपाल, यादवबहादुर रायमाझी,
चेतनारायण उपाध्याय, हिराधर आचार्य, श्यामकृष्ण शर्मा, होम बहादुर रायमाझी र
झलकबहादुर रायमाझी हुनुहुन्छ । विद्यालय विकासक्रमलाई फर्केर हेर्दा कविराज चक्रपाणी
पण्डित, रामप्रसाद आत्रेय, ज्योतिमान श्रेष्ठ, यमलाल भट्टराई, श्याम बहादुर
कार्की, दुर्गाप्रसाद खनाल, सोमानसिंह बिश्वकर्मा, भद्र बहादुर बि.क., लेखनाथ
पोखरेल, मिनप्रसाद न्यौपाने, पोसलबहादुर रायमाझी, ओमप्रसाद पौडेल, चिन्तामणि
पौडेल, नेहरसिंह रायमाझी, केशवप्रसाद पोखरेल, नरबहादुर तिवारी, भगवती पौडेल लगायत
धेरै शिक्षाप्रेमी महानुभावहरुको महत्वपूर्ण योगदान रहेको देखिन्छ।
विद्यालय
स्थापना गर्दा देखि हरेक तह थप्दा, विद्यालयको
विकास र संचालन गर्दा स्थानीय शिक्षाप्रेमी महानुभावहरुको सहयोग र साथ
प्राप्त गरेको यस विद्यालय अहिले पनि स्थानीय समुदायको हातेमालो र न्यानो मायाका
साथ गुणस्तरीय शैक्षिक थलोमा रुपान्तरित हुँदै राष्ट्रिय स्तरको नमुना विद्यालयमा सूचीकृत
हुन पुगेको छ ।