दुरदृष्टि (Vision)
योग्य शिक्षक, अनुशासित र मेहनती विधार्थी, आधुनिक प्रविधि सहितको गुणस्तरीय शिक्षामा भैरव नवदीप माध्यमिक विद्यालयको सजगता; रोजगारी, उच्च शिक्षा र स्व-रोजगारमा हाम्रो अग्रता
ध्येय
(Mission)
- विभिन्न
तह र संकायमा भर्ना भएका सम्पूर्ण विद्धार्थीहरु उत्कृष्ट अंकका साथ उतिर्ण
भएका हुनेछन ।
- विद्यालयले
प्राप्त गरेको उच्च नतिजाको सर्बत्र चर्चा भएको हुनेछ ।
- अत्याधुनिक
उपकरण, शैक्षिक सामग्री, प्रयोगशाला, ल्याब, योग्य दक्ष र अनुभबी शिक्षक
सहितको नमुना विद्यालय बनेको हुनेछ ।
- सिपमुलक
गुणस्तरीय शिक्षाको कारण यस विद्यालयमा विद्यार्थी भर्नाको उच्च चाप सिर्जना
हुनेछ ।
- दक्ष
जनशक्ति आपूर्ति भएको हुनेछ ।
- अभिभावकहरु
सन्तुष्ट भएका हुनेछन ।
- विद्यालयमा
अध्ययन गरी वैदेशिक रोजगारीमा जाने युवा युवतीको संख्यामा कमि आएको हुनेछ ।
- यस
क्षेत्रका वालवालिकाहरु विज्ञान विषय र प्राविधिक शिक्षाको खोजीमा अन्यन्त्र
भौतारिने अवस्थाको अन्त्य हुनेछ ।
- पछाडी
परेका क्षेत्र र उत्पीडित समुदायले लाभान्वित भएको महसुस गरेका हुनेछन ।
- सामाजिक र
वातावरणअनुकुल कार्यले समाजमा प्रभाव जमाएको हुनेछ ।
उद्वेश्य (Objectives)
- दक्ष
शिक्षकको व्यवस्थापन गर्ने
- वार्षिक प्राज्ञीक
सुधारका काम गर्ने
- शिक्षणमा
आधुनिक प्रविधिका साधनहरुको प्रयोग बढाउदै प्रयोगात्मक शिक्षणमा जोड दिने
- सिकाईमा सुधारका
लागि नविनतम सिद्धान्त, बिधि र प्रक्रिया अवलम्बन गर्ने
- शिक्षकलाई
तालिम, सेमिनार गोष्ठीमा सहभागी हुने अवसर प्रदान गर्ने
- अभिभावक
संग अन्तरक्रिया छलफल निरन्तर जारी राख्ने
- विद्यालयमा
भवन, सभाहल, आधुनिक प्रयोगशाला, कम्प्युटर ल्याबको व्यवस्था र प्रयोगमा बढवा
गर्ने
- वातावरणीय
संरक्षणको लागि पर्खाल, बाटो, खोल्सा व्यवस्थापन गर्ने
- रोजगारदाता
निकायहरुको सुची तयार गरी जनशक्तिको बजारीकरण गर्ने
- आर्थिक
श्रोतको व्यवस्थापन गर्दै विद्यालयको सस्थागत विकासमा टेवा प्रदान गर्ने
- पछाडी
परेका क्षेत्र र उत्पीडित समुदायको क्षमातावृद्धिका कार्यक्रम निर्माण गरी
कार्यन्वयन गर्ने
- सामाजिक र
वातावरणीय मापदण्ड अबलम्बन गरी निर्माण कार्य सम्पादन गर्ने