प्रधानाध्यापक सन्देश

पाल्पा जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिकामा अवस्थित गुणस्तरीय समय सापेक्ष शिक्षा प्रदान गर्दै, शैक्षिक क्षेत्रमा तहल्का मच्याउदै, नमुना विद्यालयमा स्थापित हुन सफल यस भैरव नवदीप माध्यमिक विद्यालयको प्रधानाध्यापकको हैसियतले यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । हामी हाम्रो विद्यालयमा प्रत्येक विद्यार्थी उनीहरुको क्षमताको पूर्ण प्रस्फुटन भएको हेर्न चाहन्छौं र त्यस अनुसारको वातावरण प्रदान गर्दछौं । विद्यार्थीहरु पूर्ण सम्मानित, पूर्ण विश्वस्त र पूर्ण उत्प्रेरित रहने अवस्था प्रदान गर्दै उनीहरु आफ्नो उपलब्धि र शैक्षिक योग्यतामा गौरवान्वीत रहने अवस्थाको सृजना नै हाम्रो मूल लक्ष्य रहेको छ । हामी चाहन्छौ हाम्रा सम्पूर्ण सिकारुहरु वास्तविक जीवनका अवसरहरु प्राप्तिका लागि उच्च शिक्षा चुम्न चाहने, नैतिकवान, बौद्धिकताका हिमायती तथा रोजगारमूलक दक्षता भएका उच्च अभिलाषावान शिष्य बनून् ।

उच्च शैक्षिक उपलब्धिको लागि मर्यादित भावना र व्यवहारका साथै विशिष्ट प्रकारको शिक्षण सिकाइ अभ्यासको आवश्यकता पर्दछ जसको प्रत्याभुत गर्न हामीहरुले उच्च पेशागत दक्षता भएका शिक्षकहरुको व्यवस्थापन गरेका छौं । यसका अतिरिक्त उत्प्रेरित र लगनशील थप शिक्षकहरुको नियुक्ति र विविध उत्साही सहयोगी हातहरुको पर्याप्तताका वातावरणले हाम्रा उद्देश्य प्राप्तिमा सफल छौं । विगतमा प्राप्त गरेका र वर्तमानका हरेक दिन र पलहरुमा प्राप्त गरिरहेका उपलब्धिले भैरव नवदीपलाई थप हौसला प्राप्त भईरहेको छ । आउनुहोस् भैरव नवदीपको यो गौरवमा सहभागी बन्दै वालवालिकाहरुको भविष्य निर्माणमा सहभागी बनौं र बनाऔं ।

तपाईका वालवालिकाहरु हामी जिम्मा लिन्छाैँ ।
दक्ष,उच्च नैतिकवान बौद्धिक व्यक्तित्व वनाई फिर्ता दिन्छौं ।

जय भैरव नवदीप ।

झलकबहादुर रायमाझी
प्रधानाध्यापक
९८५७०६२८१५