हाम्रो बारेमा

About Us

पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि २७ किलोमीटर पश्चिम, रैनादेवी छहरा गाउँपालिकाको केन्द्र छहरामा भैरव नवदीप माध्यमिक विद्यालय रहेको छ । समुन्द्री सतह देखि १४२८ मीटर उचाई, २७.८७५७३ डिग्री उत्तरी अक्षांश र ८३.३७१६४ डिग्री पुर्बी देशान्तरमा रहेको यस विद्यालय रमणीय पहाडी भूभाग बीचमा रहेको छ । बोली भाषा, रहन सहन, लवाई खवाई धर्म संस्कारमा विविधता रहेको यस क्षेत्रका अधिकांश मानिसहरुको पेसा कृषि रहेको छ । शैक्षिक क्षेत्रमा धेरै अगाडि देखि सजग रहेको यस क्षेत्रका मानिसहरु उच्च शिक्षामा समेत चासो राख्दछन् ।

विद्यालयको स्थापना २०१६ सालमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नामबाट भएको थियो ।...

प्रधानाध्यापक सन्देश

पाल्पा जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिकामा अवस्थित गुणस्तरीय समय सापेक्ष शिक्षा प्रदान गर्दै, शैक्षिक क्षेत्रमा तहल्का मच्याउदै, नमुना विद्यालयमा स्थापित हुन सफल यस भैरव नवदीप माध्यमिक विद्यालयको प्रधानाध्यापकको हैसियतले यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । हामी हाम्रो विद्यालयमा प्रत्येक विद्यार्थी उनीहरुको क्षमताको पूर्ण प्रस्फुटन भएको हेर्न चाहन्छौं र त्यस अनुसारको वातावरण प्रदान गर्दछौं । विद्यार्थीहरु पूर्ण सम्मानित, पूर्ण विश्वस्त र पूर्ण उत्प्रेरित रहने अवस्था प्रदान गर्दै उनीहरु आफ्नो उपलब्धि र शैक्षिक योग्यतामा गौरवान्वीत रहने अवस्थाको सृजना नै हाम्रो मूल लक्ष्य रहेको छ । हामी चाहन्छौ हाम्रा सम्पूर्ण सिकारुहरु वास्तविक जीवनका अवसरहरु प्राप्तिका लागि उच्च शिक्षा चुम्न चाहने, नैतिकवान, बौद्धिकताका हिमायती तथा रोजगारमूलक दक्षता भएका उच्च अभि...

झलकबहादुर रायमाझी
प्रधानाध्यापक

सूचना तथा समाचार

फाेटाे ग्यालरी